काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(चैत १ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूलय बढेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.१४ रुपैयाँ र बिक्रीदर १३२.७४ रुपैयाँ कायम थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.७१ रुपैयाँ र बिक्रीदर १४५.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४८ रुपैयाँ र बिक्रीदर ८७.८७ रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ,एक साउदी रियालको खरिददर ३५.२७ रुपैयाँ र बिक्रीदर ३५.४३ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२२ रुपैयाँ र बिक्रीदर २८.३५ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.२७ रुपैयाँ र बिक्रीदर ३५२.८७ रुपैयाँ कायम भएको छ ।