काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिको प्रभाव भारतबाट अमेरिका निर्यात हुने आईफोनमा भने नलाग्ने भएको छ । ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका निर्यात हुने वस्तुहरुमा २५ प्रतिशत ट्यारिफको घोषणा गरेका थिए । तर अब यो ट्यारिफमा स्मार्टफोन, कम्प्युटर र अन्य विद्युतीय सामाग्रीमा भने छुट दिइएको छ ।
युएस कमर्श डिपार्टमेन्टले विद्युतीय र सेमीकन्डक्टर जस्ता केही क्षेत्रको जाँच गरिरहेको जनाइएको छ । उक्त जाँचको रिपोर्ट नआउदासम्म भने भारतमा निर्मित आईफोनलाई ट्यारिफ छुट दिइने भएको छ ।
भारत हालैमात्रै चीनलाई पछि पार्दै अमेरिकामा स्मार्टफोन निर्यात गर्ने सबैभन्दा ठूलो निर्यातकर्ता बनेको थियो । यो वर्षको अप्रिल–जुन महिनामा अमेरिकामा निर्यात भएका स्मार्टफोनमा भारतको हिस्सा ४४ प्रतिशत रहेको छ । अमेरिकामा बिक्री हुने ७८ प्रतिशत आईफोन भारतमा बनिरहेको छ ।
अमेरिकामा स्मार्टफोन निर्यातमा भियतनामको हिस्सा पनि चीनभन्दा बढी अर्थात ३० प्रतिशत रहेको छ ।