बिहीबार, श्रावण १४,२०८३ 10:01:06
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:01:06
Bizshala
Global IME Bank Limited

मस्कलाई कम्पनीमै टिकाई राख्न टेस्लाले २९ अर्ब डलरबराबरको सेयर दिने

मस्कलाई कम्पनीमै टिकाई राख्न टेस्लाले २९ अर्ब डलरबराबरको सेयर दिने
New Office

काठमाण्डौ । विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले कम्पनीको ९ करोड ६० लाख कित्ता सेयर आफ्ना सीईओ तथा अध्यक्ष एलन मस्कलाई उपहार स्वरुप दिने भएको छ । यो सेयरको मूल्य २९ अर्ब डलर रहेको छ ।  

कम्पनीले यसलाई ‘गुड फेथ’ को रुपमा दिइएको पुरस्कारको रूपमा वर्णन गरेको छ। डेलावेयर अदालतले मस्कको २०१८ को मल्टी–बिलियन डलर क्षतिपूर्ति प्याकेज रद्द गरेपछि यो कदम चालिएको छ। यसविरुद्ध टेस्लाले अपिल गरेको छ ।

टेस्लाले आफ्ना लगानीकर्ताहरूलाई यो सेयर मस्कलाई कम्पनीमा राख्नको लागि दिइएको बताएको छ किनभने टेस्ला बाहेक उनको ध्यान अन्य कम्पनीहरू जस्तै स्पेसएक्स, एक्सएआई र न्यूरालिंकमा पनि छ। राजनीतिमा पनि उनको रुचि छ ।  

मस्कले तुरुन्तै यी सेयर पाउने भने छैनन् । यसका लागि उनले सन् २०२७ सम्म टेस्लामा वरिष्ठ पदमा काम गर्नुपर्नेछ। यस्तै प्रत्येक सेयरको लागि २३.३४ डलर समेत तिर्नुपर्नेछ।  

यो २०१८ क्षतिपूर्ति प्याकेजको मूल्यबराबर हो। साथै, कर वा खरिद मूल्य बाहेक पाँच वर्षसम्म यी सेयर बिक्री गर्न पाइने छैन । मस्कको टेस्लामा १३ प्रतिशत सेयर छ । उनले गत महिना टेस्लामा थप सेयर थप्न चाहेको संकेत गरेका थिए । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.