काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने भएको छ । अमोरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे जानकारी दिएका हुन् ।
यससँगै एप्पलको घरेलु लगानी ६ सय बिलियन डलर पुगेको छ । कम्पनीले यो लगानी आगमी ४ वर्षभित्र गरिसक्ने योजना बनाएको छ ।
यसअघि कम्पनीले अमेरिकामा ५ सय बिलियन डलर लगानी गर्नुका साथै २० हजार जनालाई रोजगारी प्रदान गर्ने घोषणा गरेको थियो । ट्रम्पले एप्पल जस्ता ठूला कम्पनीहरु अब स्वदेशमै उत्पादन गर्न केन्द्रीत भईरहेको भन्दै खुसी व्यक्त गरे ।
ह्वाइट हाउसमा ट्रम्पसंगको भेटमा एप्पलका सीईओ टिम कुकले अगस्ट ६ मा ट्रम्पलाई २४ क्यारेट सुनमा आधारित विशेष उपहार दिएका छन् । कुकले एप्पलको अमेरिकन म्यान्युफ्याक्चरिङ प्रोग्रामको विस्तारको उत्सव मनाउन यो उपहार दिएका हुन्।
एप्पलले पछिल्लो समय एशियाली बजारमा आफ्नो उत्पादन केन्द्रित गरिरहेको छ । कम्पनीले चीन भारत, भियतनाम थाइल्याण्ज जस्ता देशहरुमा आईफोन उत्पादन बढाईरहेको छ । राजनीतिक दबाबका कारण कम्पनीले अमेरिकामा लगानी गर्ने घोषणा गरेतापनि यसले जनशक्तिको ज्याला र विश्व आपूर्ति श्रृंखलामा कठिनाई जस्ता विषयले यसमा समस्या उत्पन्न हुन सक्ने बताउछन् ।