शुक्रबार, बैशाख ४,२०८३ 05:31:24
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:31:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाले ट्यारिफबाट कमायो १०० बिलियन डलर, कहाँ हुँदैछ लगानी ?

Bizshala
अमेरिकाले ट्यारिफबाट कमायो १०० बिलियन डलर, कहाँ हुँदैछ लगानी ?
Shivam Cement

काठमाण्डौ । अमेरिकाले ट्यारिफमार्फत दैनिक करोडौं डलरबराबरको राजश्व संकलन गरिरहेको छ । जुलाई महिनामा अमेरिकाले ३० बिलियन डलरबराबरको ट्यारिफ शुल्क संकलन गरेको छ ।  

अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा २४२ प्रतिशतले बढी हो ।  

गत अप्रिल महिनादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आउने लगभग सबैजसो सामानमा १० प्रतिशत ट्यारिफ लगाउने सुरु गरेएता अमेरिकी सरकारले १०० बिलियन डलर ट्यारिफ शुल्क संकलन गरेको छ । जुन गत वर्षको ४ महिना अवधिको तुलनामा तीन गुणा बढी हो ।  

ट्यारिफमार्फत संकलन भईरहेको यति ठूलो रकमले अमेरिकी सरकारले आखिर के गरिरहेको छ त ?

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ट्रम्पले ट्यारिफलबाट संकलित रकम विेशष गरेर दुई तरिकाले खर्च गर्ने योजना बनाएका छन् । पहिलो भनेको सरकारी ऋण तिर्ने र अर्को अमेरिकी जनतालाई ‘ट्यारिफ रिबेट चेक’ प्रदान गर्ने ।  

‘ट्यारिफको मुख्य उद्देश्य भनेको सरकारी ऋण तिर्नु हो र यो ठूलो परिणाममा हुनेछ,’ ट्रम्पले भने, ‘तर ट्यारिफमार्फत धेरै रकम आउने सम्भावना भएकाले त्यो रकम जनतामा लाभांशको रुपमा बाड्न सकिन्छ ।’

तर अहिलेसम्म यी दुवै कार्य भने भएको छैन ।  

ट्यारिफबाट आएको आम्दानीले के हुन्छ ?  

अमेरिकी सरकारले साधारण कर वा ट्यारिफमार्फत संकलन गर्ने कुनै पनि राजश्व ट्रेजरी डिपार्टमेन्टले व्यवस्थापन गर्ने जनरल फण्डमा जाने गर्छ । यो कोष सरकारी खर्च तिर्नका लागि प्रयोग हुने भएकाले यो फण्डलाई अमेरिकाको चेकबुक पनि भनिन्छ ।  

अमेरिकी सरकारले हाल ३६ ट्रिलियन डलरबराबरको कर्जा चुक्ता गर्न बाकी छ । सरकारी ऋणको आकार विस्तारै बढिरहेको छ र यसलाई अर्थशात्रस्त्रीहरुले डरलाग्दो बताएका छन् ।  

सरकारी ऋण बढेसँगै ब्याज रकम पनि वृद्धि भईरहेको छ । जसले सरकारी दायित्व तथा खर्च दुवै बढाईरहेको छ । यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा खर्चे सरकारको क्षमता घटिरहेको विज्ञहरुले बताएका छन् ।  

ट्यारिफ शुल्क संकलनबाट प्राप्त रकमले हालको १.३ ट्रिलियन डलरबराबरको बजेट घाटालाई परिपूर्ति गर्न नसकेपछि यसलाई घटाउन भने सक्षम हुने देखिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.