शुक्रबार, असार २६,२०८३ 04:22:16
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:22:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामाथि भारतको ब्याकफायर, ५०% ट्यारिफ लगाउने तयारी

Laxmi Sunrise Bank Limited
अमेरिकामाथि भारतको ब्याकफायर, ५०% ट्यारिफ लगाउने तयारी

काठमाण्डौ । भारतमाथि भारी ट्यारिफको बोझ थोपारेको अमेरिकालाई पनि भारतले ट्यारिफ लगाउने भएको छ । अमेरिकाले भारतीय स्टिल, आल्मुनियम र धेरै उत्पादनमा ५० प्रतिशत कर (आयात शुल्क) लगाएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार अब यसको जवाफमा भारतले पनि चुनिएका अमेरिकी उत्पादनहरूमा ५० प्रतिशतसम्म कर लगाउने योजना बनाएको छ ।  

यदि यसो भयो भने, यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफको प्रतिकारमा भारतको पहिलो औपचारिक जवाफी हमला हुनेछ। ट्रम्पले गत जुलाई ३१ मा सबै भारतीय उत्पादनमा २५ प्रतिशत कर लगाएका थिए ।त्यसपछि ६ अगस्टमा रुसबाट आयात हुने तेलमा भारतमा २५ प्रतिशत अतिरिक्त भन्सार लगाइएको थियो ।

ट्रम्प प्रशासनले स्टिल र आल्मुनियममा २५ ट्यारिफ लगाएदेखि यी धातुहरुको विषयमा गत फेब्रुअरीदेखि विवाद चलिरहेको छ ।  जुन महिनामा यो शुल्क बढाएर ५० प्रतिशत पुर्याइको छ । यसले कम्तीमा ७.६ अर्ब डलरको भारतीय निर्यातलाई असर गरेको रिपोर्टमा उल्लेख छ । भारतले विश्व व्यापार संगठन (डब्लुटीओ( मा अमेरिकाको कारबाही ‘राष्ट्रिय सुरक्षा’ को नाममा लुकाइएको बताएको थियो, जबकि वास्तविकतामा यो डब्ल्यूटीओ नियमविपरीत सुरक्षा कर्तव्य हो ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाले यस विषयमा बोल्न अस्वीकार गरेको छ । यसपछि भारतले अब डब्ल्यूटीओको नियमअनुसार जवाफी हमलाको कानूनी तयारी गरेको हो ।

हिन्दुस्तान टाइम्सले अमेरिका भारतसँगको समस्या वार्ताबाट समाधान गर्न तयार नभएको जनाएको छ । जसका कारण भारतसँग जवाफी हमला बाहेक अर्को विकल्प नरहेको जनाइएको छ ।  

भारतले पनि अमेरिकीमाथि ५० प्रतिशत ट्यारिफ लगाउने सक्ने जनाइएको छ । अमेरिकाले भारतलाई ४५ अर्ब डलरभन्दा बढी निर्यात गर्छ । हालैको ट्यारिफ अघि, अमेरिकामा भारतको निर्यात ८६ अर्ब डलरको थियो। यदि भारतले करको बदला लियो भने व्यापार घाटा थप परिवर्तन हुन सक्छ। यस वर्षको फेब्रुअरीमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय व्यापारलाई ५०० अर्ब डलरमा पुर्याउने वार्ता सुरु गर्ने वाचा गरेका थिए तर अमेरिकाले भारतको कृषि र संवेदनशील क्षेत्रमा थप सहुलियत चाहेका कारण यो सम्भव भएन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.