काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत २ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य घटेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.६६ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३५ रुपैयाँ र बिक्रीदर १७०.१२ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६२ रुपैयाँ र बिक्रीदर ८८.०१ रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ,एक साउदी रियालको खरिददर ३५.२६ रुपैयाँ र बिक्रीदर ३५.४२ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२२ रुपैयाँ र बिक्रीदर २८.३४ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५०.८३ रुपैयाँ र बिक्रीदर ३५२.४२ रुपैयाँ कायम भएको छ ।