मंगलवार, श्रावण १९,२०८३ 04:45:54
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:45:54
Bizshala
Global IME Bank Limited

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी
New Office

काठमाण्डौं । एनआइबीएल एस क्यापिटलले आफ्नो लगानीमा नयाँ आयाम सुरु गरेको छ ।  

कम्पनीको एनआइबीएल इक्विटी पार्टनर्स र चर्चित कफी ब्राण्ड हिमालयन जाभाबीच साझेदारी भएको छ । एनआइबीएल इक्विटीले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विकासलाई समर्थन गर्न आज दुईपक्षबीच सहमति भएको हो । 

यससँगै हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको हिस्सेदारी २८.८ प्रतिशत कायम भएको छ ।

एनआइएमबी एस क्यापिटलका सीइओ शिवान्त पाण्डे र हिमालयन जाभाका संस्थापक गगन प्रधान र आनन्द गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

यो सम्झौताले नेपाली उद्यमप्रतिको विश्वास र सम्भावनाप्रतिको आस्थालाई प्रतिविम्बित गर्ने अपेक्षा गरिएको छ । क्यापिटलले कम्पनीको आगामी घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विकासलाई समर्थन गर्न महत्वपूर्ण लगानी गरेको क्यापिटलले जनाएको छ ।  

साथै यो लगानी केवल लगानी मात्रै नभई दृष्टिकोणको एकता समेत रहेको क्यापिटलका सीइओ पाण्डेले बताए । ‘आजको यो साझेदारीबाट एनआइबीएल इक्विटी पार्टनर्समा हामी केवल वित्तीय सहयोग मात्रै होइन रणनीतिक, अनुशासित कार्यान्वयन र दीर्घकालिन मूल्य सिर्जनामा विश्वास गर्छौैं’ उनले भने, ‘हामीले हिमालयन जाभालाई अझ आधुनिक, विस्तारयोग्य र विश्वस्तरीय प्रतिस्पर्धी बनाउन योगदान गर्नेर्छौैं ।’ 

साथै यो साझेदारीसँगै क्यापिटलले हिमालयन जाभाको विस्तार, अन्तर्राष्ट्रिय बजार प्रवेश र नेपालको विशेष तथा ब्राण्ड कफीको रुपमा स्थापित गर्न योगदान पुर्याउने जनाएको छ ।  

घरेलु ब्रान्ड र संस्थागत लगानीकर्ताको सहकार्यबाट क्षेत्रीय नेतृत्व र विश्वस्तरीय सफलताको नमूना प्रस्तुत गर्ने उद्देश्य रहेको पाण्डेको भनाई छ ।

त्यस्तै, पाण्डेले हिमालयन जाभाले सन् १९९९ मा एक क्याफेबाट सुरु गरी आज ७० भन्दा बढी शाखा विस्तार गरी नेपाली कफी संस्कृतिको निर्माणमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरे ।

साथै हिमालयन जाभाका संस्थापक गगन प्रधानले पनि यो समझदारीले कम्पनीको ब्राण्डमा थप टेवा पुग्ने आशा ब्यक्त गरे । ‘सर्वप्रथम हिमालयन जाभाले आफ्नो विस्तार र ब्राण्डिङको लागि एनआइबीएल इक्विटी पार्टनर पाएको छ, यसमा हामी धेरै खुशी छौं’ उनले भने, ‘हामीलाई विश्वास छ, नेपालमा कफीको संस्कृतिलाई यो समझदारीले उजागर गर्छ र नेपाली उद्यमलाई विस्तार गरी राष्ट्रियकरणमा थप टेवा मिल्नेछ भन्ने विश्वास लिएका छौं ।’

एनआईबीएल इक्विटी पार्टनर्ससँगै एनआईएमबी एश क्यापिटल र एनआईएमबी बैंक पनि यस यात्रामा सहकार्य गर्दैछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.