काठमाण्डौ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त योजनाका इर्काधीनहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि सार्वजनिक गरिने क्याटिलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।