काठमाण्डौ । भारतको केन्द्र सरकारले कर्मचारीहरुको महंगी भत्तामा भत्ता ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । केन्द्र सरकारले आगामी जनवरी १ बाट लागू हुनेगरी आफ्ना कर्मचारीहरुको महंगाई भत्तालाई ४६ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेको हो ।
भारतमा हुन लागेको आम निर्वाचनअघि केन्द्र सरकारको यस्तो निर्णय आएको हो । यसबाट एक करोडभन्दा बढी कर्मचारी तथा पेन्सनकर्ताहरु लाभासन्वत हुने जनाइएको छ ।
भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले भने,‘मन्त्रिपरिषदले एक जनवरीदेखि लागू हुनेगरी केन्द्र सरकारका कर्मचारीहरुका लागि वर्तमानको ४६ प्रतिशतको महंगी भत्तालाई बढाएर ५० प्रतिशत पुर्याउने निर्णय गरेको छ । ’
यो निर्णयबाट भारत सरकारलाई वार्षिक १२ हजार ८६९ करोड भारुबराबरको आर्थिक व्ययभार पर्ने उल्लेख गरिएको छ ।
यसका साथै यातायात भत्ता,खाजा भत्ता लगायतका अन्य भत्ताहरु पनि २५ प्रतिशतले बढाइएको छ । कोठा भाडा भत्ता कुल तलबको २७ प्रतिशत१९ प्रतिशत र ९ प्रतिशतबाट बढाएर क्रमशः३०,२० र १० प्रतिशत पुर्याइएको छ ।