काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.०७ रुपैयाँ र बिक्रीदर १४४.७३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८१ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ,एक कतारी रियालको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१२ रुपैयाँ र बिक्रीदर २८.२५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.३६ रुपैयाँ र बिक्रीदर ४३२.३१ रुपैयाँ कायम भएको छ ।