बिहीबार, श्रावण १४,२०८३ 11:52:28
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:52:28
Bizshala
Global IME Bank Limited

रुसी तेल खरिद गर्ने भारतमाथि ट्यारिफ लगाउनु सहीः जेलेन्स्की

रुसी तेल खरिद गर्ने भारतमाथि ट्यारिफ लगाउनु सहीः जेलेन्स्की
New Office

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भारतमाथि २५ प्रतिशत कर लगाउने डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पको उक्त निर्णयलाई सही बताएका हुन् । उनले रुसी तेल खरिद गर्ने देशहरूमाथि ट्यारिफ लगाउनु पर्ने समेत बताए ।  

अमेरिकी पत्रकारले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भारतमा कर लगाउने डोनाल्ड ट्रम्पको नीतिबारे प्रश्नज गर्दा उनले भने ‘रूससँग सम्झौता गर्ने देशहरूमा कर लगाउनु सही कदम हो।’

वास्तवमा हालै चीनमा भएको एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटपछि अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मचिएको छ ।  

यो बैठकलाई लिएर विश्वभरका सञ्चारमाध्यममा अहिले पनि चर्चा चलिरहेको छ र यो नयाँ विश्वव्यापी व्यवस्थाको सुरुवात भएको जनाइएको छ । युक्रेन युद्ध सुरु भएदेखि भारत रूसको सबैभन्दा ठूलो ऊर्जा साझेदार बनेको छ। चीनपछि भारतले रुसबाट सबैभन्दा बढी कच्चा तेल किनिरहेको छ र त्यसैको आधारमा डोनाल्ड ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.