बुधबार, भाद्र २५,२०८२ 10:15:05
  • बुधबार, भाद्र २५,२०८२ 10:15:05
Global IME Bank Limited

वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी

Hyundai Nepal
वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय सचेतना अनिवार्य रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित ‘ग्लोेबल मनी विक–२०२४’को उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  

‘वित्तीय सचेतना अनिवार्य छ । वित्तीय संस्थाहरुले कुनै पनि प्रडक्ट ल्याउदा वा हामीले कुनै नीति ल्याइराख्दा त्यसको कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन आवश्यक छ ।’ अधिकारीले भने ।  वित्तीय चेतनाको अंगको रुपमा ग्लोबल मनि विक लाई विश्वभर लिन गरिएको र नेपालमा पनि वित्तीय चेतना र शिक्षाको आधारको रुपमा लिईरहेको गभर्नर अधिकारीले बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्कुलका पाठ्यक्रममा नै वित्तीय सचेतनाका विषयहरु राख्ने कार्ययोजना बनिरहेको बताउँदै उनले भने,‘स्कुलका पाठ्यक्रममा वित्तीय चेतनाको विषय समेट्ने गरी कार्ययोजना बनिरहेको छ । त्यसैले भोलिको दिनको वित्तीय शिक्षा पनि नियमति शिक्षाको अंग बन्ने छ भन्नेमा हामीले विश्वास लिएका छौं । ’

स्कुले बालबालिकाको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमा गभर्नर अधिकारीले बचतको फाइदाको विषयमा अवगत गराएका थिए । ‘भाई बहिनीहरुलाई कमाउने उमेर भा छैन । किन बचत गुर्नपर्यो भन्ने हुन्छ होला । तर त्यस्तो हाइन । बचत भन्ने कुरा भोलि कमाएर गर्ने भन्ने होइन । अहिले देखिनै बानी बसाउने हो । आफुले पाएको केहि सानो रकम,जस्तै खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसालियो भने त्यसले आफ्नो भविष्यलाई सुरक्षित गर्छ ।’ उनले भने ।  

यस्तै उनले विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने आफुलाई सुहाउँदो विभिन्न बचत योजनामा बचत गर्न विद्यार्थीह्ररुलाई सुझाव दिए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.