शुक्रबार, जेष्ठ १,२०८३ 11:38:31
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ध्वस्त भाटभटेनी पुननिर्माणको घोषणा, ‘हामी फेरि उभिनेछौं’

Laxmi Sunrise Bank Limited
ध्वस्त भाटभटेनी पुननिर्माणको घोषणा, ‘हामी फेरि उभिनेछौं’
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तारो बनाएको भाटभटेनी सुपरमार्केटले पुननिर्माणसँगै पुनः उठ्ने घोषणा गरेको छ ।  

सामाजिक सञ्जालमार्फत भाटभटेनीले एक सन्देश प्रवाह गर्दै विषम परिस्थितिका बीच फेरि उठ्ने उद्घोष गरेको हो । 

Bizshala
New Office
CG Motors

'दुःखद क्षणहरु गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरुले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र फेरि हामीलाई उठ्न शक्ति दिइरहेका छन् ।' भाटभटेनीले आफ्नो सन्देशमा भनेको छः'भाटभटेनी फेरि उभिनेछ । तपाईहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।'  

जेनजी आन्दोलनका क्रममा अराजक समूहले देशभरका भाटभटेनी आउटलेटहरुलाई टार्गेट बनाएर आक्रमण गरेको थियो ।  

यो क्रममा टोखा, सात दोबाटो, अनामनगर, सानागाउँ, यूनाइटेड टेड सेन्टर, पाटन र नेपालगञ्जमा रहेका भाटभटेनीका स्टोरहरु पूर्ण रुपमा सुरक्षित रहेका थिए । बाँकी २१ आउटलेटमा क्षति पुगेको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit

भवनसहित पूर्ण रुपमा क्षतिग्रस्त भएका स्टोरहरुमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौडा, विर्तामोड, दमक, विराटनगर र धरान रहेका छन् ।  

भवन तोडफोड तथा लुटपाट भएका शाखाहरुमा कलंकी, ठिमी, बालाजु,  जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा रहेका छन् ।  

भाटभटेनीले यो आक्रमणबाट अरबौंको क्षति व्यहोरेको छ भने त्यहाँ कार्यरत ५ हजार बढी कर्मचारी कामदारले तत्कालका लागि रोजगारी गुमाएका छन् ।  

यति ठूलो क्षति व्यहोर्दा समेत हतोत्साही नहुने भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङको पुननिर्माणको उद्घोष र उच्च मनोबलको सर्वत्र प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालभरि भाटभटेनीलाई सबैले प्रोत्साहन र हौसला दिइरहेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.