आईतवार, बैशाख ६,२०८३ 11:40:54
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:40:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्ताको हितका लागि ड्रग सेवन गर्छु, डिप्रेशनको समस्या वंशाणुगत: एलन मस्क

Bizshala
लगानीकर्ताको हितका लागि ड्रग सेवन गर्छु, डिप्रेशनको समस्या वंशाणुगत: एलन मस्क
Shivam Cement

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले कम्पनीका लागनीकर्ताको हितका लागि ड्रग्स सेवन गर्ने गरेको बताएका छन् । मस्कले सीएनएनमा डन लेमनसँगको अन्तवार्तामा यस्तो बताएका हुन् ।  

मस्कले टेस्लाका लगानीकर्ताको हितका लागि ‘केटामाइन’ नामक ड्रग सेवन गर्ने गरेको बताएका छन् । उनले यो ड्रग चिकित्सकको सल्लाहमा सेवन गर्ने गरेको समेत बताएका छन् ।  

यो ड्रगले डिप्रेसन जस्तो नकारात्मक केमिकल अवस्थालाई व्यवस्थापन गर्न सजिलो भएको उनले उक्त अन्तवार्तामा बताएका छन् । ‘यदि लगानीकर्ताका लागि केहि गर्नु पर्छ भने त्यो गर्छु र म त्यो औषधि सेवन गरिरहने छु ।’ मस्कले भनेका छन् ।  

उनले प्रत्येक साता सानो परिमाणमा केटामाइन सेवन गर्ने गरेको स्वीकार गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मस्कले‘ द डन लेमन सो’सँगको साझेदारी अन्त्य गरेको घोषणा गरेपछि लेमनले युटुब र एक्समा उक्त अन्तवार्ताको अंश सेयर गरेका हुन् ।  

उक्त भिडियोमा मस्कले आफुले केटामाइनको ओभरडोज भने नलिने गरेको बताएका छन् । ‘यदि तपाइ धेरै मात्रामा केटामाइन प्रयोग गर्नु हुन्छ भने काम गर्न सक्नुहुन्न । मलाई धेरै काम गर्नुपर्ने हुन्छ र म दिनको १६ घण्टासम्म काम गर्छु ।’

उनले आफुमा डिप्रेसनको समस्या वंशाणुगत भएको र केटामाइनको सेवनले आफ्ना कम्पनीहरु र सरकारसँगको सम्झौतामा कुनै पनि प्रभाव नपार्ने बताएका छन् ।  

गत जनवरी महिनामा बालस्ट्रिट जर्नले मस्कले एलएसडी, कोकिन,साइक्लेडिक मसरुम जस्ता लागू औषध सेवन गर्ने गरेको र यसबाट उनका कम्पनीका कार्यकारी तथा सञ्चालक समितिका सदस्यहरु आजित भएको अनुसन्धानमुलक प्रतिवेदन सार्वजनिक गरेको थियो । -एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.