• बिहीबार, आश्विन २,२०८२ 12:20:01
Global IME Bank Limited

नेपाल ल्युब आयलद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

Hyundai Nepal
नेपाल ल्युब आयलद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी असोज ३१ गतेका लागि डाकिएको साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । उक्त सभा ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा बोनस सेयर जारीपश्चात १ः२ अनुपातमा हकप्रद निष्कलासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आवको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.