• बिहीबार, आश्विन २,२०८२ 08:21:05
Global IME Bank Limited

पूँजीबजारमा एक घण्टामै २.६८ खर्ब स्वाहा, लगानीकर्ताले दिए गिरावट थाम्न यस्ता सुझाव

Hyundai Nepal
पूँजीबजारमा एक घण्टामै २.६८ खर्ब स्वाहा, लगानीकर्ताले दिए गिरावट थाम्न यस्ता सुझाव
Shivam Cement

काठमाण्डौ । जेनजी अन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आज पहिलोपटक खुल्यो । लामो अन्तरालपछि खुलेको बजार आज ६ प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेर बन्द भयो ।  

यसअघि विसं २०७७ साल वैसाख ३० गते पनि यसरी नै नेगेटिभ सर्किट लागेर सेयरबजार त्यस दिनका लागि बन्द भएको थियो । उक्त घटनाको करिब ५ वर्षपछि आज सेयर बजारमा पहिलोपटक नेगेटिभ सर्किट लाग्यो । आजको गिरावटका कारण लगानीकर्ताको सम्पत्ति एक घण्टाको अवधिमा २ खर्ब ६८ अर्बले घट्यो ।  

गत भदौ २३ गते २ हजार ६७२ को विन्दुमा बन्द भएको सेयरबजार आज १६० अंकले घट्यो । भदौ २३ गते बजार पूँजीकरण ४४ खर्ब ६७ अर्ब थियो । जुन आज घटेर ४१ खर्ब ९९ अर्बमा सीमित बन्यो । लामो समयपछि खुलेको बजारमा आज लगानीकर्ताहरुले आक्रामक बिक्री दबाब दिदा बजारमा उच्च गिरावट आयो ।  

बजारमा पहिरो गएसँगै हामीले बजारका केही अग्रणी लगानीकर्तालाई पूँजीबजार सुधारका लागि तत्काल गर्नु पर्ने कामको विषयमा जिज्ञासा राखेका छौं ।  

नेपाल इन्भेष्टर फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियाले नियामक निकाय धितोपत्र बोर्डले पूँजी बजारमा कायम गरेको १५ मिनेटको भारीत औषत गणना विधि हटाउनु पर्ने माग गरे । रौनियारले लगानीकर्ताको माग बमोजिम नै १५ मिनेटको व्यवस्था लागू भएतापनि यसको असर र प्रभाव बढ्दै गएकाले यसलाई हटाउनु पर्ने सुझाव दिए ।  

त्यसैगरि, उनले धितोपत्र बजारमा मार्केट मेकरको आवश्यकता समेत औल्याए । हाल नेपालमा नागरिक लगानी कोषलाई बजार सञ्चालकको रुपमा काम गर्न अनुमति दिएता पनि यसले बजार सञ्चालकको रुपमा काम गर्न नसकेको उनले आरोप लगाए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘नेपाल राष्ट्रबैंकले पनि मौद्रिक नीति मार्फत २५ करोडको क्यापसहित केही खराव नीतिहरुलाई सुधार गर्नुपर्छ , बैंक तथा वित्तीय क्षेत्रलाई सेयर बजारमा कारोबार गर्न सहज गर्नुपर्छ र अर्थमन्त्रालयले लगानीकर्ताहरुलाई करमा सहुलियत दिनु पर्छ ।’ उनले भने ।  

यस्तै सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले पनि नेपाल राष्ट्रबैंकले सेयर कारोबारमा सहज गर्नु पर्ने , २५ करोडको क्याप तुरुन्तै हटाउनु पर्ने जस्ता माग राखे । उनले हालको आईपीओ र हकप्रद सेयरको सप्लाईलाई पनि रोक्न आबश्यक रहेको बताए ।  

उनले एनआरएनलाई पूँजी बजारमा भित्राउनु पर्ने जस्ता काम पनि तत्काल गर्नु पर्ने आवश्यकता औल्याए ।  

त्यसैगरि, सक्रिय लगानकर्ता उपेन्द्र पाठकले पनि आजको बजारमा आएको गिरावटसँगै अब नियामक निकायले केही कामहरु तत्काल गर्नु पर्ने सुझाए । उनले बजारको गिरावट थाम्न धितोपत्र बोर्डले एनआरएलाई भित्राउनु पर्ने, आईपीओ र हकप्रद निष्कासनलाई बन्द गर्नुपर्ने र नेपाल राष्ट्रबैंकले २५ करोडको क्याप हटाउनु पर्ने सुझाव दिए ।  

अर्थमन्त्रालयले पनि हालको बजारको प्यानिक अबस्थालाई रोक्न विशेष सम्बोधन गर्नुपर्ने उनले बताए । अर्थमन्त्री स्वयम नै उच्च स्तिरिय सुझाव आयोगमा रहिसकेका व्यक्ति भएकाले उनलाई समग्र अर्थतन्त्र र पूँजीबजारलाई उकास्ने उपायहरुलाई कार्यान्वयन गर्ने उपयुक्त अवसर रहेको पाठकले सुनाए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.