शुक्रबार, असार २६,२०८३ 08:00:30
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:00:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ कृषि कम्पनीद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ कृषि कम्पनीद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको १०० औं बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनीको लाभांश र हकप्रद निष्कासनको प्रस्ताव आगामी कात्तिक २१ गते डाकिएको साधारण सभाबाट पारित हुनेछ । कम्पनीको सातौं साधारण सभा काठमाण्डौको गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नका लागि योग्य हुनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.