मंगलवार, आश्विन १३,२०८३ 11:04:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:04:17
Bizshala
Global IME Bank Limited

युक्रेनले रुसको केमिकल प्लान्टमा बेलायतको ‘स्टोर्म स्याडो’ मिसाइलले गर्यो आक्रमण

Bizshala
युक्रेनले रुसको केमिकल प्लान्टमा बेलायतको ‘स्टोर्म स्याडो’ मिसाइलले गर्यो आक्रमण
New Office

काठमाण्डौ । युक्रेनी सेनाले रुसी रसायनिक प्लान्टमा बेलायती निर्मित ‘स्टोर्म शैडो’ मिसाइलले आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले यो आक्रमणलाई ुसफल हमला भन्दै रुसी वायु रक्षा प्रणालीमा प्रवेश गरेको बताए।  

आक्रमण मिसाइल र हवाई हमलाको संयुक्त अपरेशन थियो र यसको परिणाम मूल्याङ्कन भइरहेको छ। युक्रेनी सेनाले मंगलबार एक्समा लेखेको छ ‘ब्रायान्स्क रासायनिक प्लान्ट आक्रमणकारी देश, रसियाको सैन्य औद्योगिक उत्पादनको प्रमुख आधार हो। यहाँ बारुद विस्फोटक पदार्थ र रकेट इन्धन बनाइन्छ। यो युक्रेनी शहरहरूमा आक्रमण गर्न प्रयोग गरिन्छ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस विषयमा रुसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन, यद्यपि रुसले पश्चिमी देशहरूलाई युक्रेनलाई लामो दूरीका हतियार नदिन चेतावनी दिएको थियो। तर युक्रेनले युक्रेन विरुद्ध चलिरहेको युद्धमा प्रमुख भूमिका खेल्ने रुसी लक्ष्यलाई निशाना बनाउन आवश्यक रहेको बताएको छ ।  

‘स्टोर्म स्याडो’ मिसाइलहरू बेलायत र फ्रान्सले संयुक्त रूपमा विकास गरेका छन्, जसको दायरा करिब २५० किलोमिटर (१५५ माइल) छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.