IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 01:46:00
IME remit
Global IME Bank Limited

के चाँदीमा सन् १९८० जस्तै क्रयास आउनसक्छ ? हन्ट ब्रदर्शका कारण यसरी आएको थियो मूल्यमा पहिरो

Hyundai Nepal
के चाँदीमा सन् १९८० जस्तै क्रयास आउनसक्छ ? हन्ट ब्रदर्शका कारण यसरी आएको थियो मूल्यमा पहिरो
Shivam Cement

काठमाण्डौ । यो सन् १९८० को कुरा हो। चाँदीको भाउ प्रतिऔंस २ डलर (२८.३५ ग्राम)बाट बढेर ४८ डलर पुग्यो। तर यो कसरी भयो ? यसका पछाडिका कारक थिए अमेरिकाका हन्ट ब्रदर्स ।

संसारको एक तिहाइ चाँदी यी दुई दाजुभाइसँग थियो। नेल्सन बंकर हन्ट र विलियम हार्बर हन्टले चाँदीको मूल्य ७ सय प्रतिशत भन्दा बढिले बढाए। हन्ट ब्रदर्सको यो कथामा लोभ, षड्यन्त्र र सिल्भर थर्सडे भनिने क्रयास समावेश छ।

आज हामी हन्ट ब्रदर्सको यो कथा सुनाउँदै छौँ किनकि १० महिनामा चाँदीको भाउ दोब्बर भइसकेको छ । त्यसोभए के चाँदी अहिले सन् १९८० को दशकमा जस्तै घट्न सक्छ ? चाँदीको भाउ बढ्नुको कारण के हो ? यो कुरा हन्ट ब्रदर्सको कथाबाट बुझौं ।  

च्याप्टर वानः सुरुवात  

हन्ट ब्रदर्श धनी परिवारबाट आएका थिए। उनका बुबा, ह्यारोल्डसन लाफेएट हन्ट, गरीब परिवारमा जन्मेका थिए, तर २२ वर्षको उमेरमा व्यापारी बने। उनी कपास किन्ने र बेच्ने गर्थे। चाँडै उनको ध्यान तेलमा सिफ्ट भयो, जसमा उनले अरबौं डलर कमाए। आफ्नो बुबाको मृत्यु पछि, हन्ट ब्रदर्सले अरबौं डलरको पारिवारिक व्यापार सम्हाले ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

च्याप्टर २ः पपेट मास्टर  

सन् १९७० को दशकको उत्तरार्धमा डलर कमजोर हुँदै गइरहेको थियो र हाइपरइन्फ्लेसनको भविष्यवाणी गरिएको थियो। यस्तो अवस्थामा हन्ट ब्रदर्सको ध्यान चाँदीतर्फ सरेको थियो ।

उनले भौतिक चाँदी जम्मा गर्न सुरु गरेका थिए र सिल्भर फ्युचर्सको कन्ट्राक्ट खरिद गर्न सुरु गरे । उनलाई चाँदीले एकदिन आकाश छुने आत्मविश्वास थियो । फ्यूचर कन्ट्राक्टका लागि नगद सेटलमेन्ट लिनुको सट्टा, उनीहरूले भौतिक चाँदी डेलिभर गरे। धेरै थोरै मानिसले यस्तो गर्थे। जब हन्ट ब्रदर्सले चाँदी खरिद गर्न सुरु गर्दा चाँदीको मूल्य प्रतिऔंस २ डलर थियो । सन् १९७९ सम्म यसको मूल्य प्रतिऔंस ६ डलर पुगेको थियो ।  

हन्ट ब्रदर्ससँग १०० मिलियन औंस चाँदीको स्वामित्व थियो। हन्ट ब्रदर्स चाँदीको पपेट मास्टर बनिसकेका थिए । अर्थात् उनीहरुले आ–आफ्नो हिसाबले मूल्य बढाइरहेका थिए ।  

जसका कारण चाँदी बजारमा आपूर्तिमा समस्या बढ्न थाल्यो । डिसेम्बर १९७९ मा चाँदीको मूल्य २५ डलर प्रतिऔंस र १९८० मा प्रतिऔंस ५० डलर पुगेको थियो। तर हन्ट ब्रदर्सले ऋणमा चाँदी किन्न जारी राखे।

च्याप्टर ३ः सिल्वर थर्सडे

हन्ट ब्रदर्सको योजना राम्ररी चलिरहेको थियो, तर कमोडिटी एक्सचेन्ज, इंक अर्थात्, कोमेक्स हस्तक्षेपले सबै कुरा परिवर्तन गर्‍यो। ७ जनवरी, १९८० मा, चाँदीको शिखरमा पुग्न एक हप्ता अघि, कोमेक्स सिल्भर रुल ७ लागू भयो। यसमा, मार्जिनमा कमोडिटिज खरिद गर्न प्रतिबन्ध लगाइएको थियो। यसले हन्ट ब्रदर्सलाई ब्रोकरेजबाट ऋण लिएर चाँदी किन्न गाह्रो भयो। जसका कारण हन्ट ब्रदर्सको शक्ति कमजोर हुन थाल्यो । अब आउछ त्यो तारिख जसलाई सिल्भर थर्सडे भनिन्छ ।  

२७ मार्च, १९८० मा, हन्ट ब्रदर्सले मार्जिन कल मिस गरे। अर्थात् उनीहरुले तिर्नुपर्ने रकम तिर्न सकेनन् । यस्तो अवस्थामा दलालले चाँदी बेच्न थालेपछि एकै दिनमा ५० प्रतिशतभन्दा बढीले घटेको थियो ।  

च्याप्टर ४ः अपराधिक अनुसन्धान  

यो क्रयासपछि, हन्ट ब्रदर्स विरुद्ध आपराधिक अनुसन्धान सुरु भयो। १९८६ मा उनीहरुले आफ्नो कम्पनीलाई टाट पल्टिएको घोषणा गर्नुपर्यो। १९८८ मा व्यक्तिगत ब्याङरप्सी पनि घोषित गरियो। १९८८ मा, एक न्यूयोर्क जूरीले हन्ट ब्रदर्सलाई पेरुभियन सरकारको मिनरल मार्केटिङ कम्पनीलाई क्रयासमा भएको क्षतिको लागि १३० मिलियन तिर्न आदेश दिए।

कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनले दुवै दाजुभाइलाई एक–एक करोड डलर जरिवाना पनि लगायो । यस्तै चाँदीको भण्डारमा हेरफेरको लागि व्यापार गर्न सदाको लागि प्रतिबन्ध समेत लगाईयो ।  

च्याप्टर ५ः फयुचर

चाँदीको इतिहासमा दुईवटा ठूलो गिरावट आएको छ । सन् १९८० र २०११ मा । सन् २०११ मा चाँदी ३१ वर्षपछि प्रति औंस ५० डलरको नजिक पुगेको थियो। तर त्यसपछि चाँदीको मूल्य द्रुत गतिमा झर्न थाले २६ प्रतिऔंस डलरमा झर्यो। यो गिरावट अनुमान, नियामक कार्य र विश्वव्यापी भयका कारण भएको थियो ।  

अब दस वर्षभन्दा बढी समयपछि चाँदीको भाउ फेरि प्रतिऔंस ५० डलर नाघेको छ । यस्तो अवस्थामा धेरैको मनमा यो प्रश्न छ कि आज चाँदीमा पनि यस्तै गिरावट आउन सक्छ त ?

आज पनि चाँदीको भाउमा ठूलो उतारचढाव देखिएको विज्ञहरु बताउँछन् तर चाँदी बिहीबारपछि लागू गरिएको सुरक्षा व्यवस्थाका कारण यति ठूलो मात्रामा बजार हेरफेर गर्न सहज छैन । त्यतिबेला बजारमा निकै कम नियमहरू थिए।

चाँदीको मूल्य चलाउने आधारभूत कुराहरू पनि हन्ट दिनदेखि महत्त्वपूर्ण रूपमा परिवर्तन भएका छन्। औद्योगिक मागले परम्परागत फोटोग्राफीभन्दा महत्वपूर्ण आधुनिक प्रविधिहरूमा विस्तार गरेको छ। सोलार प्यानलहरूमा फोटोभोल्टिक सेलहरूको लागि चाँदी ठूलो मात्रामा प्रयोग गरिन्छ।

विश्लेषकहरूका अनुसार सन् २०२५ मा मूल्य वृद्धि एक अनुमानित बबल होइन। औद्योगिक माग र मुद्रास्फीति हेजिङका कारण आज मूल्य बढेको छ। तसर्थ, चाँदीको मूल्यमा थोरै सुधार हुन सक्छ, तर १९८० र २०११ जस्तै तीव्र दुर्घटनाको जोखिम अहिले कम छ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.