आईतवार, फाल्गुन ३,२०८२ 04:10:12
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:10:12
Bizshala
Global IME Bank Limited

भारतले यस वर्षको अन्त्यसम्म रुसी तेलको खरिद शुन्यमा झार्ने ट्रम्पको दाबी

भारतले यस वर्षको अन्त्यसम्म रुसी तेलको खरिद शुन्यमा झार्ने ट्रम्पको दाबी
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल आयात क्रमशः घटाउने र यस वर्षको अन्त्यसम्ममा ‘लगभग हटाउने’ वाचा गरेको दाबी गरेका छन् । 

ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने, ‘भारतले मलाई रुसबाट तेल खरिद गर्न बन्द गर्न लागेको बताएको छ । यो यस्तो प्रक्रिया हो जसलाई तुरुन्तै रोक्न सकिँदैन, तर वर्षको अन्त्यसम्ममा ती ४० प्रतिशतको हाराहारीमा आउनेछन्। हिजो मात्र मैले प्रधानमन्त्री मोदीसँग कुरा गरें।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

चीनलाई थप उल्लेख गर्दै ट्रम्पले भने, ‘चीनको मामला अलि फरक छ।’ उनले भने, ‘रुस र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा कहिल्यै राम्रो थिएन, तर बाइडेन र ओबामाको नीतिले उनीहरूलाई नजिक ल्याएको छ। उनीहरू यति नजिक हुनुहुँदैन। तिनीहरू साथी हुन सक्दैनन्, म चाहन्छु कि तिनीहरू साथी बनुन्, तर उनीहरु हुन सक्दैनन्।’

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको अर्को बैठकमा ऊर्जा र युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने बताएका छन्।

ट्रम्पले भने, ‘म सी जिनपिङसँग यो युद्ध कसरी अन्त्य गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछु, चाहे तेलको माध्यमबाट होस् वा ऊर्जाको अन्य माध्यमबाट। मलाई लाग्छ कि उहाँले यसबारे सकारात्मक अडान लिनुहुन्छ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.