बुधबार, श्रावण १३,२०८३ 02:34:06
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:34:06
Bizshala
Global IME Bank Limited

ओपेक प्लसको निर्णयले बढ्यो कच्चा तेलको मूल्य

ओपेक प्लसको निर्णयले बढ्यो कच्चा तेलको मूल्य
New Office

काठमाण्डौ । सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ । ओपेक प्लस(तेल उत्पादक देशहरू र तिनीहरूका सहयोगीहरूको समूह) ले अर्को वर्षको पहिलो त्रैमासिकमा उत्पादन बढाउने निर्णयलाई स्थगित गरेसँगै कच्चा तेलको मूल्य बढेको हो ।  

यसले तेल आपूर्तिमा एक्कासी बृद्धि हुने भयलाई कम गरेको छ । ओपेक प्लस विश्वको तेल उत्पादक र निर्यात गर्ने देशहरूको प्रभावशाली गठबन्धन हो। यसमा २२ देशहरू समावेश छन्।

रोयटर्सका अनुसार लन्डन ब्रेन्ट कच्चा तेलको मूल्य ४७ सेन्ट वा ०.७३ प्रतिशतले बढेर ६५.२४ डलर प्रतिब्यारेल पुगेको छ। यो शुक्रबार ब्रेन्ट क्रुडको मूल्य ७ सेन्ट बढेर बन्द भएको थियो ।  

त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल ४५ सेन्ट वा ०.७४ प्रतिशतले बढेर प्रतिब्यारेल ६१.४३ डलरमा कारोबार भइरहेको छ । अघिल्लो सत्रमा यो ४१ सेन्ट बढेको थियो।

ओपेक प्लस समूहले आइतबार डिसेम्बरमा प्रतिदिन १ लाख ३७ हजार ब्यारेल उत्पादन बढाउने घोषणा गरेको थियो । यो वृद्धि अक्टोबर र नोभेम्बरको समान हो। समूहले एक विज्ञप्तिमा भनेको थियो कि डिसेम्बर पछि आठ देशले पनि मौसमी कारणले जनवरी, फेब्रुअरी र मार्च २०२६ मा उत्पादन वृद्धि रोक्न निर्णय गरेको छ।

ओपेक प्लस देशहरूको यो निर्णय यस्तो समयमा आएको छ जब विश्वभर तेलको माग र आपूर्तिलाई लिएर निरन्तर बहस चलिरहेको छ । बजारमा तेलको मूल्यमा पनि उतारचढाव देखिएको छ ।

ओपेक ंप्लस देशहरूको यो कदमले विश्व तेल बजारलाई असर गर्न सक्छ। अमेरिकाले रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसले भारत र चीनमा तेल आपूर्ति प्रभावित भएको छ। आगामी दिनमा तेल उत्पादनमा कमी आउने क्रमलाई ध्यानमा राख्दै यसको मूल्य बढेको हो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.