बिहीबार, बैशाख ३१,२०८३ 06:02:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:02:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटीटेकले सार्वजनिक गर्‍यो नेपालकै सबैभन्दा सानो डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी’

Laxmi Sunrise Bank Limited
सिटीटेकले सार्वजनिक गर्‍यो नेपालकै सबैभन्दा सानो डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी’
Shivam Cement

काठमाण्डौ । सिटीटेक ग्रुप प्रा.लि.ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा फिनपस मिनी (finPOS Mini) नामक नयाँ डिजिटल भुक्तानी उपकरण सार्वजनिक गरेको छ। यो नेपालकै सबैभन्दा पर्खाइमा रहेको सानो तथा सजिलो फिनटेक समाधान मानिएको छ।

Bizshala
New Office
CG Motors

फिनपस मिनी एक अत्याधुनिक डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सजिलो बनाउँछ। यसले Visa, Mastercard, UPI, NepalPay लगायतका कार्ड भुक्तानी प्रणालीका साथसाथै NepalPay QR, Fonepay, SmartQR जस्ता क्युआर भुक्तानी योजनाहरूलाई पनि समर्थन गर्छ।

आकर्षक डिजाइन र सानो आकार भएको यो उपकरण प्रयोग गर्न सहज छ र यसले ग्राहक तथा व्यापारी दुवैलाई छरितो, सुरक्षित र विश्वसनीय भुक्तानी अनुभव प्रदान गर्छ। यसको सानो तथा पोर्टेबल स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायीदेखि साना-ठूला सबै प्रकारका व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई अझ सुलभ बनाएको सिटीटेकले जनाएको छ।

कार्यक्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंक ले Letter of Intent (LOI) हस्ताक्षर गर्दै फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छा प्रकट गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

सिटीटेकको लोकप्रिय ब्रान्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूसँग सहकार्य गर्दै करिब १० हजारभन्दा बढी व्यवसायीहरूलाई POS सेवा प्रदान गरिरहेको छ। फिनपस मिनीको शुभारम्भसँगै कम्पनीले बैंक र व्यवसायीहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत तथा किफायती अक्वायरिङ समाधान उपलब्ध गराउने नयाँ अध्याय सुरु गरेको छ।

सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले भने,“फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यवसायीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.