आईतवार, फाल्गुन ११,२०८१ 02:29:29
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:29:29
IME remit
Global IME Bank Limited

यसरी फसे केजरीवालः एक बोतल रक्सी किन्दा अर्को फ्रि, पसल बाहिर लाग्ने गर्थ्यो सयौंको भिड

Hyundai Nepal
यसरी फसे केजरीवालः एक बोतल रक्सी किन्दा अर्को फ्रि, पसल बाहिर लाग्ने गर्थ्यो सयौंको भिड
Nabil Bank Limited

काठमाण्डौ । विश्वभरका सरकारका लागि मदिरा राजश्वको एउटा गतिलो माध्यम हो । मदिरामाथि कर बढोस् वा घटोस् यसले पिउनेहरुलाई खासै प्रभाव पार्देन ।  

भारतका राज्य सरकारले आफ्नो तरिकाले मदिरामाथि कर लगाउने गर्छन । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले राजश्व बढाउनका लागि नयाँ अन्तःशुल्कको नीति ल्याएको थियो । जसका कारण सरकारी कोष वृद्धि भएको दावी केजरीवाल सरकारले गरेको थियो ।  

तर यहि नीति अहिले केजरीवालका लागि फन्दा बनेको छ । यहि अन्तःशुल्कका कारण आम आदमी पार्टीका तीनजना ठूला नेता जेल गईसकेका छन् । यो मामिलामा सबैभन्दा पहिले मनीष  सिसोदिया पक्राउ परेका थिए ।  

त्यपछि पार्टीका राज्यसभा सांसद सञ्जय सिंह जेल गएका थिए । यस्तैमा आम आदमी पार्टीका सबैभन्दा ठूला नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि पक्राउ परेका छन् । यस मामिलामा केजरीवाल मुख्य दोषि रहेको आरोप लगाइएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

के थियो अन्तः शुल्क नीतिमा ?

केजरीवाल सरकारले ल्याएको यो अन्तःशुल्क नीतिका कारण दिल्लीमा रक्सीको अफर लाग्न सुरु भएको थियो । यो नीतिका कारण दिल्लीमा एक बोतल रक्सीको खरिदमा अर्को बोतल निःशुल्क जस्ता अफरहरु आएका थिए । मिडिया रिपोर्टहरुका अनुसार केहि ठाउँहरुमा त एक पेटी रक्सी खरिद गर्दा अर्को पेटी निःशुल्क जस्ता आफर पनि आएका थिए ।  

यी अफरहरुका कारण दिल्लीका रक्सी पसलहरुमा लामा–लामा लाइनहरु लाग्ने गरेको थियो । पसलहरुमा लाइन यतिसम्म लामो हुन्थ्यो कि कहिलेकाँही प्रहरीको सहायता लिनुपर्ने अवस्थासम्म सिर्जना हुन थालेको थियो । दिल्लीमा सन् २०२१ नोभेम्बर १७ देखि नयाँ अन्तः?शुल्क लागू गरिएको थियो । जसपश्चात रक्सी बिक्रीका नियमहरु परिवर्तन भएका थिए ।  

यो नयाँ नीतिका अनुशार रक्सी बिक्री बढाउनका लागि मदिरा स्टोरहरुले उपहार र छुट प्रदान गर्न सक्थे । तर यसअघि भने रक्सीको मूल्य सरकारले निर्धारण गर्ने गर्दथ्यो । जसका कारण व्यपारीहरुले रक्सीको मूल्यमा कुनै परिवर्तन गर्न सक्दैनथे । तथापी २५ प्रतिशतसम्म छुट भने प्रदान गर्न मिल्ने व्यवस्था थियो । तर एक बोटल किन्दा अर्को निः शुल्क जस्ता अफरहरु भने दिन नमिल्ने व्यवस्था थियो ।  

दिल्ली सरकारले सन् २०२१–२२ मा राजधानी दिल्लीमा मदिरा बिक्रीको सम्पूर्ण कार्य निजी क्षेत्रलाई सुम्पिएको थियो । यस्तै दिल्ली सरकारले खुद्रा बिक्रेता कम्पनीहरुबाट लाइसेन्स शुल्कका रुपमा ३०० करोड भारु लिएको थियो । यसका साथै बिक्रेताहरुलाई अधिकतम खुद्रा मूल्य(एमआरपी)भन्दा कम मूल्यमा बिक्री गर्न मिल्ने अनुमति प्रदान गरिएको थियो । यहिबाट रक्सीमा छुट दिने खेल सुरु भएको थियो ।  

यसपछि बिक्रेताहरुले धेरैभन्दा धेरै रक्सी बिक्री गर्नका लागि छुट माछि छुटको व्यवस्था गर्न थालेका थिए । दिल्लीमा एक घरमा १८ लिटरसम्म बीयर वा वाइन राख्ने अनुमति छ ।  

दिल्ली सरकारले नयाँ मदिरा नीतिले माफिया राज अन्त्य हुने र सरकारको आम्दानी वृद्धि हुने दाबी गरेको थियो । केजरीवाल सरकारले यसबाट ३ हजार ५ सय भारु फाइदा हुने बताएको थियो । नयाँ मदिरा नीति अनुरुप दिल्लीमा ३२ वटा क्षेत्र निर्धारण गरिएको थियो । र प्रत्येक क्षेत्रमा २७ वटा पसलहरु खुला गर्ने अनु्मति दिइएको थियो । यसको अर्थ कुल ८४९ रक्सी पसल खोल्ने अनुमति दिइएको थियो । नयाँ नीतिले दिल्लीका सबै रक्सी पसललाई निजीकरण गरिएको थियो । जबकी यसअघि दिल्लीमा ६० प्रतिशत रक्सी पसल सरकारी र बाँकी ४० प्रतिशत निजी हुने गर्थ्यो ।  

तर नयाँ नीतिका विरोध भएपछि दिल्ली सरकारले सन् २०२२ सेप्टेम्बरदेखि पुनः पुरानो अन्तःशुल्क लागू गर्ने निर्णय गरेको थियो । सन् २०२२ मा दिल्लीका एलजी वीके सक्सेनाले यस विषयमा सीबीआई जाँचको माग गरेपछि दिल्ली सरकार पछि हटेको थियो । दिल्ली सरकारले ५ सय वटा रक्सी पसलहरुबाट रक्सी बिक्री गर्ने निर्णय गरेको थियो ।  

मदिरा घोटालाको खुलासा सन् २०२२ जुलाई ८ मा तत्कालिन मुख्य सचिव नरेश कुमारको प्रतिवेदनबाट सुरु भएको थियो । मुख्य सचिवले मनीष सिसोदियामाथि गलत तरीकाबाट मदिरा नीति तयार पारेको आरोप लगाएका थिए । आरोपमा दिल्ली सरकारले जानाजान ठूला मदिरा व्यापारीलाई फाइदा पुर्याउने उदेश्यले लाइसेन्स शुल्क बढाएको र यसबाट साना पसलहरु बन्द भएको उल्लेख गरिएको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.