काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ८ गते विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेका थिए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा.विनय श्रेष्ठ, कृषि विकास बैंक. शाखा कार्यालय बीरगञ्जका शाखाप्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखाप्रमुख प्रबिन श्रेष्ठलगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु सहभागी भएका थिए ।