बिहीबार, श्रावण १४,२०८३ 09:35:03
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:35:03
Bizshala
Global IME Bank Limited

१ ट्रिलियन डलरको प्याकेज पाएका एलन मस्कलाई चीनले दियो झट्का, समस्यामा टेस्ला

१ ट्रिलियन डलरको प्याकेज पाएका एलन मस्कलाई चीनले दियो झट्का,  समस्यामा टेस्ला
New Office

काठमाण्डौ । विद्युतीय सवारी साधन निर्माण गर्ने अमेरिकी कम्पनी टेस्लाले हालै आफ्ना सीईओ एलन मस्कका लागि १ ट्रिलियन डलरको प्याकेज स्वीकृत गरेको छ । तर चीनमा कम्पनीलाई ठूलो धक्का लागेको छ । अमेरिकापछि चीन टेस्लाको सबैभन्दा ठूलो बजार हो । चीनमा कम्पनीको बिक्री अक्टोबरमा घटेर २६ ह जार ६ युनिटमा सीमित बनेको छ । यो पछिल्लो तीन वर्षयताकै न्यून हो ।

टेस्लाले चीनको अत्यधिक प्रतिस्पर्धी बजारमा मागको कमीको सामना गरिरहेकाले बिक्रीमा कमी आएको जनाइएको छ । टेस्लाको बिक्री गत वर्षको तुलनामा ३५.८ प्रतिशतले घटेको छ। सेप्टेम्बरमा यो संख्या ७१ हजार ५२५ युनिट थियो। टेस्लाले सेप्टेम्बरमा मोडेल वाई एलको डेलिभरी सुरु गरेको थियो ।  

यो मोडेल वाई एसयुभीको लामो–ह्वीलबेस र ६ सिट भएको कार हो । जुन हाल चीनमा मात्र उपलब्ध छ।

चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांक अनुसार अक्टोबरमा चीनमा बनेको टेस्ला गाडीको निर्यात बढेर ३५ हजार ४९१ युनिट पुगेको छ । यो पछिल्लो दुई वर्षयताकै उच्च हो ।

चीनको ईभी बजारमा टेस्लाको सेयर अक्टोबरमा ३.२ प्रतिशतमा झरेको छ। गत महिना यो ८.७ प्रतिशत थियो। यो तीन वर्षकै न्यून हो। गत महिना, जर्मनी, स्पेन, नेदरल्याण्ड र नर्डिक देशहरू जस्ता धेरै युरोपेली देशहरूमा टेस्लाको बिक्री निकै कम थियो। यो पनि कम्पनीले युरोपमा कठिनाइहरूको सामना गरिरहेको संकेत हो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.