बुधबार, कार्तिक २६,२०८२ 04:33:14
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 04:33:14
IME remit
Global IME Bank Limited

एच वान–बी भिसालाई समर्थन गर्दै ट्रम्पले भने, ‘अमेरिकासँग पर्याप्त प्रतिभा छैन’

Hyundai Nepal
एच वान–बी भिसालाई समर्थन गर्दै ट्रम्पले भने, ‘अमेरिकासँग पर्याप्त प्रतिभा छैन’
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच वान–बी भिसाको पक्षमा रहँदै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशबाट जनशक्ति ल्याउनु पर्ने बताएका छन् ।फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।

पत्रकारले ट्रम्पलाई एच वान–बी भिसा जस्ता कुराहरूलाई प्राथमिकता दिइन्छ ? र यदि तिनीहरू अमेरिकी कामदारहरूको लागि ज्याला बढाउन चाहन्छन् भने, के अन्य देशका हजारौं वा लाखौं कामदारहरूलाई आउन अनुमति दिन सकिन्छ ? भनेर गरेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘म तपाईसँग सहमत छु। तर हामीले प्रतिभा पनि ल्याउनु पर्छ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

पत्रकारले ट्रम्पलाई भने, ‘हामीसँग पर्याप्त प्रतिभाशाली व्यक्तिहरू छन्।’ ट्रम्पले जवाफ दिए, ‘होइन, हामीसँग छैन।’ उनले थपे, ‘हामीसँग आवश्यक प्रतिभा छैन र मानिसहरूले सिक्नुपर्छ। बेरोजगारलाई हामी तपाईका लागि कारखाना खोल्छौं, जहाँ तपाइँ क्षेप्यास्त्र बनाउँछौं भनेर भन्न सक्नुहुन्न।’

यस वर्ष सेप्टेम्बरमा ट्रम्पले एच वान–बी भिसा आवेदकहरूको शुल्क बढाएर एक लाख डलर पुर्याएका थिए। एच वान–बी भिसा एक अस्थायी भिसा हो जसले अमेरिकी रोजगारदाताहरूलाई वैज्ञानिकहरू, इन्जिनियरहरू र शिक्षकहरू जस्ता उच्च दक्ष विदेशी कामदारहरू भर्ती गर्न अनुमति दिन्छ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.