काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

