काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.९४ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८६ रुपैयाँ र बिक्रीदर १६८.६२ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.७७ रुपैयाँ र बिक्रीदर ८७.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८० रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२७ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.११ रुपैयाँ र बिक्रीदर २८.२४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८३ रुपैयाँ र बिक्रीदर ४३४.७८ रुपैयाँ कायम भएको छ ।