सोमबार, मंसिर ८,२०८२ 11:31:20
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:31:20
IME remit
Global IME Bank Limited

प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

Hyundai Nepal
प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  

प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा ‘भिजिट मर्चेन्ट बैंक’ अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पूँजीबजार, लगानी तथा जोखिमको बारेमा  जानकारि दिएको थियो भने चैत ०९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई सेयरमा कसरी लगानि गर्नेे वित्तिय बजार र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो ।  

उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।  

CG Motors
New Office
Garima Development Bank

केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाइ कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए भने पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई कसरी सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पूँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.