मंगलवार, श्रावण १९,२०८३ 02:11:52
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:11:52
Bizshala
Global IME Bank Limited

ओप्पो ए६ प्रो नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

ओप्पो ए६ प्रो नेपाली बजारमा उपलब्ध, मूल्य कति ?
New Office

काठमाण्डौ । ओप्पोले नयाँ ओप्पो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७००० एमएएच ब्याट्री, ८० डब्ल्यू फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचनासहित, ए६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

ओप्पो ए६ प्रो ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई आकर्षक रंगमा आएको यो फोन आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुने कम्पनीको विश्वास छ । ओपो ए६ प्रो नेपाली बजारमा रु. ४० हजार ९९९ मा उपलब्ध छ ।

 यस फोनको मुख्य आकर्षण यसकोे ७००० एमएएच ब्याट्री हो, जसले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ वाव्यस्त दैनिकका मकाज— हरेक उपयोगमा पर्याप्त र स्थिर समय उपलब्ध गराउँछ ।  

साथै, ८० डब्ल्यू सुपर्वुक फास्ट चार्जिङले एक घन्टामै पूरा चार्ज हुने क्षमता दिएको छ, जसले मोबाइल प्रयोगलाई झन् निर्बाध बनाउँछ ।

ए६ प्रोको संरचना दैनिक चुनौती झेल्न सक्ने गरी मजबुत बनाइएको छ । झट्का–प्रतिरोधी डिजाइन, सुधारिएको आन्तरिक सुरक्षा संरचना, र कडा परिस्थितिमा पनि टिक्न सक्ने सामग्री प्रयोगले यसलाई विभिन्न वातावरणमा सहजतापूर्वक प्रयोग गर्न मिल्ने बनाउँछ ।

मजबुत बनावट भएपनि, फोनले स्क्रिन डिस्प्ले अनुभवमा कुनै सम्झौता गरेको छैन । यसको १२० हर्ज एमोल्ड डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेलहरूले भिडियो, गेमिङ वा सामान्य ब्राउजिङ—सबैमा उत्कृष्ट अनुभव प्रदान गर्छ । ओपोकै ट्रिनिटी इन्जिन र ल्युमिनस रेन्डरिङ इन्जिन ले फोनको सरलता, मल्टिटास्किङ र एनिमेसनहरूको सहजता अझै बढाएको छ ।

कनेक्टिभिटीतर्फ, ए६ प्रोमा रहेको एआई लिंक बुस्ट ३.० ले भीडभाड भएका ठाउँमा वा कमजोर सिग्नल भएको अवस्थामा समेत स्थिर नेटवर्क अनुभव प्रदान गर्न मद्दत गर्छ । गेमिङका लागि विशेष रूपमा अनुकूलित सिग्नल व्यवस्थापनले इन्टरनेट लेग कम गर्ने क्षमता पनि राख्छ ।

समग्रमा, ओपो ए६ प्रो ले लामो समय यटक्ने ब्याट्री, मजबुत संरचना, आधुनिक डिजाइन तथा सहज प्रदर्शनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई भरपर्दो र आत्म विश्वासपूर्ण स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.