काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि घोषणा गरिएको बोनस सेयरपश्चात शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
हकप्रद जारीबाट प्राप्त हुने रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्नुका साथै कम्पनीको ऋण चुक्ता गर्न उपयोग गरिनेछ । हकप्रद निष्कासनको प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।