आईतवार, बैशाख ६,२०८३ 11:23:31
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:23:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि १ सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

Bizshala
आजदेखि १ सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १ सय रुपैयाँ दरका नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै रु.१०० दरको साविककै आकार तथा रङमा सङ्केत नं. २० ०००००१ देखि ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट प्रचलनमा ल्याइएको जनाएको हो ।

यस्ता छन् नोटका विशेषता

नोटको अग्रभागमा

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।

३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

४. नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । 

साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र Silver Metallic मा मायादेवीको चित्र रहेको । 
५. २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको । 
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको । 
७. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा 'वि.सं. २०८१' लेखिएको । 

CG Motors
Garima Development Bank
IME remit

नोटको पृष्ठभागमा 
१. नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा 'NEPAL RASTRA BANK' लेखिएको । 
२. नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्र रहेको । 
३. नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा 'RUPEES ONE HUNDRED' लेखिएको । ४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा '2024 A.D.' लेखिएको । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.