मंगलवार, पुष १,२०८२ 03:01:06
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:01:06
Bizshala
Global IME Bank Limited
Bizshala

घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

Hyundai Nepal
घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीको उक्त सभा पुस १४ गते दाङमा रहेका होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

CG Motors
Garima Development Bank
Bizshala

सभामा २०८१ पुस २७ गतेको चौथो बार्षिक साधारण सभाबाट कम्पनीको कायम रहेको चुक्ता पुँजीबाट ७५ प्रतिशत अर्थात प्रति १ शेयर ०.७५ सेयरका अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको र मिति २०८१ चैत २६ मा धितोपत्र बोर्डमा दर्ता गरी प्रक्रियामा रहेकोमा कम्पनीले पाचौ वार्षिक साधारण सभाबाट सेयरधनीलाई वितरण गर्ने कर वाहेक १० प्रतिशत बोनस सेयर पश्चात हुन आउने चुक्ता पुँजी अनुसार हकप्रद सेयर पुनरावलोकन हुन सक्ने भएको हुँदा बोनस सेयर र हकप्रद सेयर जारी गरे पश्चात हुन आउने जारी तथा चुक्ता पुँजीबमोजिम कम्पनीको प्रबन्ध पत्रमा भएको जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्था संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आज २०८१/८२ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीले गरेको कारोवार विवरणलाई स्विकृत गरी अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने, कम्पनीको सहज सञ्चालन तथा तरलता व्यवस्थापनको लागि संस्थापक सेयरधनीहरुबाट सापटी रकम माग गर्ने तथा उपभोग गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने र संस्थापक सेयरधनीहरु समूह तर्फबाट कायम हुने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.