आईतवार, फाल्गुन ३,२०८२ 08:07:09
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:07:09
Bizshala
Global IME Bank Limited

तेल निर्यात रोकिएपछि कजाकस्थानद्वारा सीपीसी टर्मिनलमा आक्रमण नगर्न युक्रेनलाई चेतावनी

तेल निर्यात रोकिएपछि  कजाकस्थानद्वारा सीपीसी टर्मिनलमा आक्रमण नगर्न युक्रेनलाई चेतावनी
Shivam Cement

काठमाण्डौ । कजाकस्थानले युक्रेनलाई ब्ल्याक सिको क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी)को टर्मिनलमाथि आक्रमण नगर्न चेतावनी दिएको छ। विश्व तेल आपूर्तिको १ प्रतिशत भन्दा बढी हिस्सा सम्हाल्ने यो टर्मिनलमा हालै भएको ठूलो ड्रोन आक्रमणपछि निर्यात रोकिनुका साथै र लोडिङ संरचनामा गम्भीर क्षति पुगेको बताइएको छ।

रूस, कजाकिस्तान र अमेरिकी लगानीकर्ताहरुको सहभागिता रहेको सीपीसीले रूसी तटीय क्षेत्र नोभोरोसिस्क नजिक रहेको आफ्नो टर्मिनलमा युक्रेनी नौसैनिक ड्रोनले ठूलो क्षति पुर्‍याएको कारण सञ्चालन रोकिएको जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस वर्षभरि युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा कच्चा तेल टर्मिनलहरूमा लगातार आक्रमण गर्दै आएको छ, जसलाई उसले रूसी युद्ध अर्थतन्त्रको मुख्य आय स्रोत कमजोर पार्ने प्रयासको रुपमा व्याख्या गरेको छ ।

युक्रेनको आक्रमणप्रति प्रतिक्रिया जनाउँदै कजाकिस्तानको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनले सुरक्षित गरेको एक पूर्णतया नागरिक पूर्वाधारमाथिको आक्रमण भएको भन्दै कडा आपत्ति जनाएको छ।

मन्त्रालयले यो घटनाले कजाकिस्तान–युक्रेन द्विपक्षीय सम्बन्धमा नकारात्मक प्रभाव पार्ने र यस्ता घटनाहरू रोक्न युक्रेनले प्रभावकारी कदम चाल्ने अपेक्षा राखेको जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

युक्रेनले भने आफ्ना आक्रमणहरू कजाकिस्तान वा अन्य तेस्रो पक्षको विरुद्ध नभई रूसी आक्रमणबाट बच्न गरिएको प्रतिरक्षात्मक कार्य भएको दाबी गरेको छ।

सीपीसीमार्फत कजाकिस्तानले निर्यात गर्ने तेल कुल तेल निर्यातको करिब ८० प्रतिशत हो। कजाकिस्तानले गत वर्ष मात्र करिब ६८.६ मिलियन टन तेल निर्यात गरेको थियो। पाइपलाइनले टेन्जिज, कराचागानाक र कासागान क्षेत्रका तेल ब्ल्याक सिको युझ्नाया ओजेरिएभ्का टर्मिनलसम्म ल्याउँछ।

रूसले युक्रेनी आक्रमणलाई ‘आतंकवादी गतिविधि’ को आरोप लगाउँदै यूरोपीय देशहरू र पश्चिमी गुप्तचर निकायहरूले युक्रेनलाई समर्थन गरेर रूसविरुद्ध हाईब्रिड युद्ध चलाइरहेका बताएको छ । रूसी विदेश मन्त्रालयले यी आक्रमणहरूले क्षेत्रीय नौवहन सुरक्षामै खतरा उत्पन्न गरेको आरोप पनि लगाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.