काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको छ ।
यसअघि डलरको भाउ गत मंसिर ७ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको थियो।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ रुपैयाँ कायम थियो ।
यस्तै आज यूरो र पाउण्डको भाउ समेत बढेको छ । आज एक यूरोको खरिददर १६६.५७ रुपैयाँ र बिक्रीदर १६७.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६६.३१ रुपैयाँ र बिक्रीदर १६७.०१ रुपैयाँ निर्धारण भएको थियो।
आज एक पाउण्ड स्टर्लिङको खरिददर १८९.४३ रुपैयाँ र बिक्रीदर १९०.२२ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १८९.१६ रुपैयाँ र बिक्रीदर १८९.९६ रुपैयाँ कायम थियो ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.९६ रुपैयाँ र बिक्रीदर ९४.३६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.०७ रुपैयाँ र बिक्रीदर ३९.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३० रुपैयाँ र बिक्रीदर २०.३८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.७२ रुपैयाँ र बिक्रीदर ३४.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३८ रुपैयाँ र बिक्रीदर ३९.५४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६७.४६ रुपैयाँ र बिक्रीदर ४६९.४१ रुपैयाँ कायम भएको छ ।

