सोमबार, बैशाख ७,२०८३ 06:16:06
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:16:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युक्रेनद्वारा हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमाथि आक्रमण

Bizshala
युक्रेनद्वारा हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमाथि आक्रमण
Shivam Cement

काठमाण्डौ । युक्रेनले हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमा आक्रमण गरेको छ । बुधबार युक्रेनले रुसको मध्य भाग ताम्बोभमा रहेको ड्रुज्बा आयल पाइपलाइनमा आक्रमण गरेको हो ।

हङ्गेरी र स्लोभाकियामा तेल आपूर्ति गर्ने पाइपलाइनमा युक्रेनले गरको यो पाँचौ आक्रमण हो । उक्त आक्रमणमा स्वचालित रिमोट कन्ट्रोलको प्रयोग गरिएको युक्रेनी मिडियाले लेखेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपी स्लोभाक पाइपलाइन अपरेटर र हङ्गेरियन आयल एण्ड ग्यास कम्पनीले भने ड्रुज्बा ओयल पाइपलाइनबाट सामान्य अवस्थामा जस्तै तेलको आपूर्ति भईरहेको बताएका छन् । यस विषयमा रुसको कुनै आधिकारिक धारण भने सार्वजनिक भएको छैन ।

उक्त पाइपलाइनलाई लक्षित गर्दै युक्रेनले यसअघि मार्चमा एकपटक, अगस्टमा दुईपटक र सेप्टेम्बरमा एकपटक आक्रमण गरेको थियो । रुसले युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेकाले प्रतिक्रिया स्वरुप रुसी उर्जालाई निशाना बनाउन सुरु गरिएको युक्रेनले जनाएको छ । रुसले तेल बिक्री गरेर कमाएको नाफा युक्रेन युद्धका लागि खर्च गर्ने गरेको युक्रेनको आरोप छ ।  

CG Motors
Garima Development Bank
IME remit

सन् २०२२ मा रुस र युक्रेनबीच सुरु भएको युद्धपश्चात युरोपियन युनियनले रुससँगको सम्बन्ध अन्त्य गरेपनि हङ्गेरी र स्लोभाकियाले भने रुसबाट निरन्तर तेल खरिद गरिरहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.