काठमाण्डौ । भारतीय कम्पनी इन्डिगो एयरलाइन्सको उडानमा जारी संकटका बीच कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ । सोमबारको कारोबार सत्रमा इन्डिगोको सेयर ९ प्रतिशतले घटेको छ ।
पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर दबाब आउनुका साथै १५ प्रतिशतले गिरावट आएको छ । सोमबारको कारोबार सत्रमा स्पाइसजेटको सेयर १० प्रतिशतसम्म बढेको थियो ।
गत साताको बुधबारदेखि इन्डिगोका सयौं उडान रद्द हुँदा र दर्जनौं उडानमा ढिलाइ भएपछि संकट सुरु भएको थियो। शुक्रबार मात्रै कम्पनीका एक हजारभन्दा बढी उडान रद्द भएका थिए ।
जसका कारण अन्य एयरलाइन्सको भाडा पनि अकासिएको छ । शनिबार भारत सरकारले हस्तक्षेप गर्दै हवाई भाडाको सीमा तोकेको थियो ।

