काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १४ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३१ रुपैयाँ र बिक्रीदर १६९.०७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.१८ रुपैयाँ र बिक्रीदर ८७.५८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२१ रुपैयाँ र बिक्रीदर ३६.३७ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१७ रुपैयाँ र बिक्रीदर २८.३० रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५२.६९ रुपैयाँ र बिक्रीदर ३५४.२८ रुपैयाँ कायम भएको छ ।