काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४.४२१ प्रतिशत नगद लाभांश(करसहित) ४ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

