काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ६ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

