काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ४० करोड रुपैयाँको रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।