काठमाण्डौ नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।
कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले सेबोनमा चैत ६ गते आवेदन दिएको हो ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।