काठमाण्डौ । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउनेछ। भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्।
इन्फ्लेक्शनद्वारा संचालित यो इनहाउस–बिल्ट इन्फ्लेक्शन २.५ लार्ज ल्याङ्ग्वेज मोडेल प्रमुख इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                