आईतवार, फाल्गुन ३,२०८२ 04:13:06
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:13:06
Bizshala
Global IME Bank Limited

नेपाली एआई सञ्चार प्लेटफर्म टिङ टिङद्वारा चारवटा एआई उत्पादन सार्वजनिक

नेपाली एआई सञ्चार प्लेटफर्म टिङ टिङद्वारा चारवटा एआई उत्पादन सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपाली एआई सञ्चार अग्रणी कम्पनी टिङ टिङले आज एक विशेष कार्यक्रममार्फत नेपालकै पहिलो बृहत एआई सञ्चार इकोसिस्टम सार्वजनिक गरेको छ। यस लन्चसँगै टिङ टिङ अब केवल एकतर्फी भ्वाइस सेवामा मात्र सीमित नरही, व्यवसाय र मानिसबीचको सम्बन्धलाई नै नयाँ ढंगले परिभाषित गर्ने एक शक्तिशाली इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चर बनेको कम्पनीको दाबी छ।

टिङ टिङले आफ्नो प्रविधिलाई चारवटा मुख्य प्रडक्ट लाइनमा विस्तार गरेको छ, जसले संयुक्त रूपमा ग्राहकको कुरा बुझ्ने प्रणालीको रूपमा काम गर्नेछन् ।

टिङ टिङका चार स्तम्भहरूः

१. टिङ टिङ भ्वाइसः टिङ टिङको आफ्नै रिरी एआई इन्जिनद्वारा संचालित यो प्रणालीले स्थानीय नेपाली भावनालाई दुरुस्तै उतार्छ। यसले गर्दा मेसिनले बोलेको जस्तो नभई एक आत्मीय नेपाली आवाजमा संवाद सम्भव भएको छ।

२. टिङ टिङ टेक्स्टः यो एक उच्च क्षमताको टेक्स्ट इन्जिन हो । जसले ठूलो मात्रामा सूचना र अपडेटहरू बिना कुनै ढिलाइ लाखौँ प्रयोगकर्तासम्म पुर्याउँछ।

३. टिङ टिङ फर्म्सः लामो डिजिटल फर्म भर्ने झन्झट हटाउँदै यसले ग्राहकको आवाजमार्फत फिडब्याक संकलन गर्छ। यसले बोलेको कुरालाई तुरुन्तै डाटामा रूपान्तरण गरी व्यवसायहरूलाई ठोस निर्णय लिन मद्दत पुर्याउँछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

४. टिङ टिङ एजेन्ट्सः यो प्रविधिले फोन गर्दा आउने १ थिच्नुहोस् वा २ थिच्नुहोस् भन्ने झन्झटिलो मेनुलाई पूर्ण रूपमा विस्थापित गरेको छ। यसले मानिससँग जस्तै प्राकृतिक रूपमा दुईतर्फी कुराकानी गर्न सक्छ र २०० मिलिसेकेन्डभन्दा कम समयमा ग्राहकको आशय बुझेर जवाफ दिन्छ। यसले ग्राहक सेवाको समस्या समाधान गर्ने गतिलाई ७५ प्रतिशतले बढाउनेछ।

रिरी र डाटा फाउन्ड्रीः नेपालको आफ्नै एआई शक्ति टिङ टिङको यो सफलताको केन्द्रमा नेपालमै शून्यबाट निर्मित रिरी टेक्स्ट–टु–स्पीच इन्जिन रहेको छ। कम्पनीले आफ्नै डाटा फाउन्ड्री मार्फत वास्तविक नेपाली आवाजहरू संकलन गरी यो प्रणाली विकास गरेको हो। यसले गर्दा विश्वका ठूला एआई सिस्टमहरूले समेत गर्न नसकेको मौलिक नेपाली बुझाइ र बोलाइ टिङ टिङले सम्भव बनाएको कम्पनीले जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुरक्षा र स्केलेबिलिटीमा विश्वस्तरको मापदण्ड प्रिक्सा को अर्बौँको स्केलमा चल्ने प्रणाली निर्माण गर्ने १० वर्षको अनुभवमा आधारित टिङ टिङको आर्किटेक्चर अत्यन्तै सुरक्षित र भरपर्दो भएको कम्पनीको दाबी छ। यसमा सेल्फ–हिलिङ र इन्टरप्राइज–ग्रेड इन्क्रिप्सन जस्ता प्रविधिहरू प्रयोग गरिएका छन्, जसले अत्यधिक चापको समयमा पनि प्रणालीलाई स्थिर र सुरक्षित राख्छ।

टिङ टिङले सार्वजनिक गरेका यी प्रविधिहरूले नेपाली व्यवसायहरूलाई ग्राहकसँग अझ नजिक बनाउने र नेपाललाई विश्वव्यापी एआई दौडमा अग्रपंक्तिमा उभ्याउने विश्वास गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.