शुक्रबार, बैशाख ४,२०८३ 05:28:35
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:28:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पको रहस्यमय पोस्टले विश्व राजनीतिमा अड्कलबाजी, इरानमाथि सम्भावित सैन्य कारवाहीको संकेत !

Bizshala
ट्रम्पको रहस्यमय पोस्टले विश्व राजनीतिमा अड्कलबाजी, इरानमाथि सम्भावित सैन्य कारवाहीको संकेत !
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल पोस्टका कारण चर्चामा आएका छन्। ट्रम्पले आफ्नै प्लेटफर्म ट्रुथ सोशल मा पुरानो शैलीको ब्ल्याक–एन्ड–ह्वाइट तस्वीर सार्वजनिक गरेका छन्, जसको क्याप्सनमा केवल एक शब्द ‘सुन(चाडैनै) लेखिएको छ।

पोस्टमा कुनै थप विवरण नदिइएकाले यसले अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न अड्कलबाजीलाई जन्म दिएको छ। विशेषगरी, यसलाई इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको संकेतका रूपमा हेरिएको छ।

तस्वीरमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसको माथि उभिएको देखिन्छन्, अनुहारमा कुनै स्पष्ट भाव छैन। इरानमा जारी विरोध प्रदर्शनको पृष्ठभूमिमा पोस्ट गरिएको यस तस्वीरलाई ट्रम्पका रिपब्लिकन पार्टीका नेता तथा अमेरिका फर्स्ट समर्थकहरूले चाँडै कुनै ठूलो सैन्य कदम चालिने संकेतको रूपमा व्याख्या गरेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यस पोस्टलाई इरान, भेनेजुएला र ग्रिनल्यान्डसँग जोडेर व्याख्या गरेका छन्। केहीले यसलाई अमेरिकाभित्र भइरहेका एन्टि आईसीई प्रदर्शनसम्बन्धी सम्भावित घोषणाको संकेत पनि मानेका छन्। यद्यपि सबैभन्दा बढी चर्चा इरानमाथि आक्रमणको सम्भावनाबारे भएको छ। यस विषयमा ट्रम्पले अहिलेसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।

इरानमा जारी विरोध प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिसकेको छ। अमेरिका–आधारित मानव अधिकारसँग सम्बन्धित न्यूज एजेन्सीका अनुसार आइतबारसम्म प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५३८ पुगेको छ भने १० हजार ६७० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै इरान सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ, जसले तनावलाई अझ चर्काएको छ।

CG Motors
Garima Development Bank
IME remit

विरोध प्रदर्शन सुरु भएदेखि नै डोनाल्ड ट्रम्पले इरानप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। उनले यी प्रदर्शनहरू स्वतन्त्रताका लागि भएको भन्दै प्रदर्शनकारीहरूको समर्थन गरेका छन्। साथै, विरोध दबाउन खोजिएमा इरानमाथि सैन्य आक्रमण हुन सक्ने चेतावनी पनि दिएका छन्।

ट्रम्पले पटक–पटक आफू कुनै पनि बेला इरानविरुद्ध सैन्य कदम चाल्न सक्ने संकेत दिएका छन्। इरानी सरकारको आपत्तिका बाबजुद पनि ट्रम्पको कठोर चेतावनीले मध्यपूर्व क्षेत्रमा थप अस्थिरताको आशंका बढाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.