बिहीबार, श्रावण १४,२०८३ 09:59:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:59:40
Bizshala
Global IME Bank Limited

यी दुई देशले एलन मस्कको एआई टुल ‘ग्रोक’ माथि लगाए प्रतिबन्ध

यी दुई देशले एलन मस्कको एआई टुल ‘ग्रोक’ माथि लगाए प्रतिबन्ध
New Office

काठमाण्डौ । मलेसिया र इन्डोनेसियाले एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ द्वारा विकास गरिएको एआई च्याटबोट ग्रोकमा प्रतिबन्ध लगाएका छन्। यी दुवै देश ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वका पहिलो मुलुक बनेका छन्।

ग्रोकले प्रयोगकर्तालाई तस्बिरहरू सिर्जना तथा सम्पादन गर्ने सुविधा प्रदान गर्छ। तर पछिल्ला हप्ताहरूमा यस प्रविधिको प्रयोग मानिसहरूको तस्बिर उनीहरूको सहमति बिना सम्पादन गर्न गरिएको आरोप लागेको छ।

मलेसिया र इन्डोनेसियाका अधिकारीहरूका अनुसार ग्रोकको दुरुपयोग महिलाहरू र बालबालिकासँग सम्बन्धित अश्लील तथा सहमति बिना तयार गरिएका तस्बिरहरू बनाउन सकिने जोखिम रहेको छ। यसले गोपनीयता र अनलाइन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

यसअघि एलन मस्कले आफ्नो प्लेटफर्मका आलोचकहरूले सेन्सरशिपलाई जायज ठहर्याउन जुनसुकै बहाना खोज्ने टिप्पणी गरेका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.