बिहीबार, श्रावण १४,२०८३ 11:50:53
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:50:53
Bizshala
Global IME Bank Limited

युक्रेनको ऊर्जा क्षेत्रमा आपतकाल घोषणा, कीएभमा अत्यधिक चिसोका बीच विद्युत् संकट गहिरिँदै

युक्रेनको ऊर्जा क्षेत्रमा आपतकाल घोषणा, कीएभमा अत्यधिक चिसोका बीच विद्युत् संकट गहिरिँदै
New Office

काठमाण्डौ । युक्रेनले आफ्नो ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । जसको मुख्य प्रभाव राजधानी कीएभमा देखिएको छ। रुसका निरन्तर आक्रमणका कारण देशका हजारौँ नागरिक विद्युत् सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध रणनीतिको रूपमा जाडोको जानाजानी फाइदा उठाइरहेको आरोप लगाएका छन्। हालका दिनहरूमा कीएभमा रातको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ, जसले ऊर्जा संकटलाई थप गम्भीर बनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुसबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि भइरहेका शान्ति प्रयासमा राष्ट्रपति जेलेन्स्की बाधक बनेको टिप्पणी गरेका छन्। ट्रम्पले बुधबार रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तुलनामा युक्रेन शान्ति सम्झौताका लागि कम तयार रहेको दाबी गरे।

शान्ति वार्ताबाट अहिलेसम्म द्वन्द्व समाधान किन हुन नसकेको भन्ने प्रश्नमा ट्रम्पले संक्षिप्त रूपमा जेलेन्स्की भन्ने जवाफ दिएका थिए।

आगामी हप्ता स्विट्जरल्याण्डमा हुने वर्ल्ड इकोनोमिक फोरममा ट्रम्प र जेलेन्स्की दुवै सहभागी हुने अपेक्षा गरिएको छ। यद्यपि, उनीहरूबीच औपचारिक भेटघाटको कुनै निश्चित योजना तय नभएको ट्रम्पले संकेत गरेका छन्।

 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.