शुक्रबार, असार २६,२०८३ 06:55:32
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:55:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रेकर्डस्तरमा पुग्यो यो एशियाली देशको सुन भण्डार, अमेरिकी बोण्डमा समेत लगानी बढाउँदै

Laxmi Sunrise Bank Limited
रेकर्डस्तरमा पुग्यो यो एशियाली देशको सुन भण्डार, अमेरिकी बोण्डमा समेत लगानी बढाउँदै

काठमाण्डौ । गत वर्ष जापानको सुन भण्डार १२० अर्ब डलरको रेकर्डतोड स्तरमा पुगेको छ। यो आँकडा सन् २०२४ को तुलनामा करिब ६० प्रतिशतले बढी हो । यस वृद्धिमा जापानले अधिक सुन नकिने पनि सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण भण्डारणमा उछाल देखिएको हो।

हाल जापानको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सेदारी ९ प्रतिशत पुगेको छ। सुनको मूल्य सन् २०२२ को तुलनामा लगभग दुई गुणा बढिसकेको छ।

त्यस्तै, जापानको कुल फोरेक्स रिजर्भ १.१७ ट्रिलियन डलर पुगेको छ, जुन सन् २०२१ पछि सबैभन्दा उच्च स्तर हो। देशको कुल रिजर्भ एसेट्स १.३७ ट्रिलियन डलर पुगेको छ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाका सरकारी बन्डमा जापानको सबैभन्दा ठूलो हिस्सेदारी रहेको छ। हाल जापानको अमेरिकी ट्रेजरी होल्डिङ १.२ ट्रिलियन डलरमा छ। यद्यपि भारत, चीन, ब्राजिल र साउदी अरेबियाले हालै आफ्ना अमेरिकी ट्रेजरी होल्डिङ घटाएका छन् र सुनमा लगानी बढाएका छन्, जापानले भने अमेरिकी बोण्डमा आफ्नो हिस्सेदारी बढाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा हेर्दा, जापानको विदेशी मुद्रा भण्डार चीनपछि दोस्रो सबैभन्दा ठूलो छ। चीनको विदेशी मुद्रा भण्डार ३.६८२ ट्रिलियन डलर रहेको छ। यस सूचीमा स्विट्जरल्यान्ड ९२७ अर्ब डलर, भारत ६६२ अर्ब डलरको साथ तेस्रो र चौथो स्थानमा छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुन भण्डारको मामलामा अमेरिका पहिलो स्थानमा छ । अमेरिकासँग ८,१३३ टन सुन भण्डारण रहेका छ । त्यसपछि जर्मनीसँग ३,३५० टन, इटलीसँग २,४५२ टन, फ्रान्ससँग २,४३७ टन, रूससँग २,३३ टन, चीनसँग २,३०४ टन, स्विट्जरल्यान्डसँग १,०४० टन, भारतसँग ८८० टन र जापानसँग ८४६ टन पर्छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.