मंगलवार, माघ ६,२०८२ 06:35:08
Bizshala
  • मंगलवार, माघ ६,२०८२ 06:35:08
Bizshala
Global IME Bank Limited
Bizshala

ग्रीनल्यान्ड समर्थनमा युरोपका आठ देशद्वारा संयुक्त सैन्य अभ्यास

ग्रीनल्यान्ड समर्थनमा युरोपका आठ देशद्वारा संयुक्त सैन्य अभ्यास
Shivam Cement

काठमाण्डौ । ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशले संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन्। डेनमार्कको विदेश मन्त्रालयले एक साझा विज्ञप्ति जारी गर्दै उक्त अभ्यासको जानकारी दिएको हो।

यस अभ्यासमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायत सहभागी रहेका थिए। विज्ञप्तिमा नेटो सदस्य राष्ट्रका रूपमा आर्कटिक क्षेत्रमा साझा ट्रान्सअटलान्टिक हितलाई ध्यानमा राख्दै सुरक्षा मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

Bizshala
Garima Development Bank
New Office

विज्ञप्तिमा भनिएको छ, ‘पहिल्यै समन्वय गरिएको ‘आर्कटिक एन्ड्युरेन्स’ अभ्यास डेनमार्कले सहयोगी राष्ट्रहरूसँग मिलेर सञ्चालन गरेको हो। यो अभ्यास कसैप्रति लक्षित नभई क्षेत्रीय सुरक्षा सुदृढीकरणका लागि गरिएको हो।’

युरोपेली राष्ट्रहरूले डेनमार्क र ग्रीनल्यान्डका जनतासँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै संप्रभुता र क्षेत्रीय अखण्डताको सिद्धान्तका आधारमा संवादका लागि तयार रहेको बताएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आठ देशमाथि १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेपछि उक्त विषयमा पनि साझा विज्ञप्तिमा टिप्पणी गरिएको छ। विज्ञप्तिमा ट्यारिफ धम्कीले ट्रान्सअटलान्टिक सम्बन्ध कमजोर बनाउने र खतरनाक तनाव बढाउने जोखिम रहेको उल्लेख गरिएको छ। 

साथै, युरोपेली राष्ट्रहरूले एकजुट र समन्वित प्रतिक्रिया जनाउने तथा आफ्ना संप्रभु अधिकारको रक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

राष्ट्रपति ट्रम्पले पछिल्ला दिनहरूमा ग्रीनल्यान्डलाई अमेरिकामा समाहित गर्नुपर्ने धारणा पटक–पटक व्यक्त गर्दै आएका छन्। उनको तर्क अनुसार ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण छ र यदि अमेरिका अघि नबढे चीन वा रुसले त्यहाँ प्रभाव जमाउन सक्ने जोखिम रहेको छ। यस विषयमा डेनमार्कसहित युरोपका विभिन्न देशहरूले कडा विरोध जनाएका छन्।

ग्रीनल्यान्ड डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त द्वीप हो, जहाँ आफ्नै सरकार रहेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.